add

निजी क्षेत्रमा अख्तियार र शतर्कता केन्द्र पसे अर्थतन्त्र चलायमान बन्न सक्दैनः अध्यक्ष ढकाल






ActPro Nepal

|

१६ भदौ, २०८१

|
105

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय शतर्कता केन्द्रले अनुगमन गर्नेगरी सरकार अघि बढे अर्थतन्त्र चलायमान बन्न नसक्ने बताएका छन् । 

आइतबार नेपाल आर्थिक पत्रकार समाज ९सेजन० को २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले निजी क्षेत्रको अनुगमन र निरीक्षण अीख्तयार र शतर्कता केन्द्रले गर्दा अर्थतन्त्र चलायमान बन्न नसक्ने, निजी क्षेत्रले रोजगारीको क्षेत्र र उत्पादन वृद्धि गर्न नसक्ने स्थिति बन्ने बताए। अहिले बैंक तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा इक्विडिटी रहेको बताए । उनले रेमिट्यान्सहरु बढेको र विदेशी मुद्रा सञ्चिती पनि बढेको  बताए ।

उनले भने, ‘अख्तियार र शतर्कता केन्द्र सम्बन्धी विषयमा त्यसमा पनि निजी क्षेत्रलाई हेर्नुपर्छ भन्ने हिसावले राखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई हेरिराखेको छ । भोलि अख्तियारको दायरामा सिधै हेर्ने बैंक तथा वित्तीय संस्था पर्ने हो भने सेन्टर बैंकको रेगुलेटरको भुमिका नियन्त्रण हुन्छ । निजी क्षेत्रलाई फेरि उसमा गराउन खोजियो भने सारा यो अर्थतन्त्र चलायमान बनाउनुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने दायित्व छ, कर बढाउनुपर्ने कुरा जुन क्रियाकलाप बढाउनुपर्नेछ, त्यो खुम्चिन्छ । अहिले बैंक तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा इक्विडिटी भएको अवस्था छ । रेमिट्यान्सहरु बढेर आएको छ । फरेन करेन्सीको रिजर्भ त्यत्तिकै बढेको छ । मौद्रिक नीतिपछि शेयर मार्केटको एक्टिभिटी बढेको छ । घरजग्गाको कारोबार पनि यो बीचमा बढेको छ । पोजिटिभ हिसावले अघि बढिरहेको छ । यसलाई दिगो बनाउने हिसावले अघि बढ्नुपर्छ ।’



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.