add

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीको प्रतिवेदन परिमार्जनसहित पारित गरिने






ActPro Nepal

|

१६ भदौ, २०८१

|
126

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्नेछ । गत साउन २३ देखि जारी बैठक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति नजुट्दा भदौ ७ देखि स्थगित भएको थियो ।

आजको बैठकमा दुई महामन्त्रीको प्रतिवेदन परिमार्जनसहित पारित गरिने नेताहरूले जनाएका छन् । यसअघि शनिबार बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष सकिएको थियो । वर्तमान पदाधिकारीसँगै पूर्वपदाधिकारीहरू सहभागी बैठकले महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमाथि छलफल गरे पनि सहमति जुटाउन सकेको थिएन ।

केही दिनयता जारी केन्द्रीय समितिको बैठकमा विभिन्न प्रतिवेदनलगायत ११ एजेण्डाहरूमाथि छलफल भइरहेको छ । केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी संगठन तयार गर्ने निर्णयसहित अघि बढ्ने बताइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.