add

एन्फा महिला लिग आजदेखि






ActPro Nepal

|

१६ भदौ, २०८१

|
137

काठमाडौं । राष्ट्रिय महिला लिग आजदेखि सुरु हुँदैछ । ३ बजे हुने उद्घाटन खेलमा कोशी प्रदेशले वालिङको सामना गर्नेछ । १० टोली सहभागी हुने महिला लिगको पहिलो चरणका सबै खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

हिजो सम्पन्न प्रि-म्याच कन्फ्रेन्समा सहभागी क्लबका खेलाडीले वर्षाका कारण तयारीमा असर परेको बताएका छन् । छोटो तयारीका बीच पनि धेरै क्लबहरुले राम्रो प्रदर्शन गर्ने दाबी गरेका छन् ।

लिगमा तीन विभागीय, तीन प्रदेशिक, नगरपालिकाका दुई र दुई व्यावसायिक क्लब सहभागी छन् । हिजो आयोजित प्रिम्याच प्रेस कन्फरेन्समा कोशी प्रदेशकी उपकप्तान सिमरन राईले पर्याप्त तयारी नभए पनि राम्रो प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताएकी छन् ।

सहभागी टोलीले सिंगल राउन्ड रोबिन शैलीमा खेल्नेछन् । सबै टिमले एक महिनाभित्र समान नौ-नौ खेल खेलेपछि पाँच टिमले दोस्रो चरणमा स्थान बनाउने छन् भने पाँच टिम बाहिरिनेछन् । दोस्रो चरणमा पुगेका टिमलाई दशरथ रंगशालामा मंसिरदेखि डबल राउन्ड रोबिन शैलीमा खेलाइनेछ । दोस्रो चरणको शीर्ष चार टिमको क्वालिफायर, इलिमिनेटर र फाइनल खेल हुनेछन् ।

सवा २ करोड खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । त्यसैगरी, उत्कृष्ट खेलाडीले एक लाख, साथै फेयर प्ले टिमले एक लाख ५० हजार पुरस्कार पाउनेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.