add

सरकारले पीडितको रकम फिर्ताको प्रत्याभूति तत्काल दिनुपर्छ : सभापति थापा






ActPro Nepal

|

१६ भदौ, २०८१

|
126

काठमाडौं ।  सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तत्काल पीडितको रकम फिर्ता दिने प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ।

शनिबार सिंहदरबारमा सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले बोलाएको छलफलमा महासंघका पदाधिकारीहरुले सरकारसँग सो माग गरेका हुन्। उनीहरुले सहकारी पीडितहरुको मागलाई सहज ढंगले बुझिदिन पनि आफूहरुलाई आग्रह गरेको समितिका सभापति सूर्य थापाले जानकारी दिए।

छलफलमा कान्तिपुर, गौतमश्री, लालीगुराँस, देउराली, गुडवीलजस्ता सहकारीका वचतकर्ताहरु पनि उपस्थित भएको र उनीहरुबाट पीडितको माग सम्बोधन गर्नका लागि आफूहरुलाई सहज भएको अनुभूति भएको पनि विशेष समितिले जनाएको छ।

सभापति थापाले भने,‘समस्या समाधानको उपाय बचतकर्ताको बचत रकम फिर्ता प्रत्याभूति हो भन्ने कुरामा उहाँहरुले जोड दिनुभएको छ। कयौँ नक्कली ऋणी, नक्कली अरु कारोबार सहकारीको समस्या हो। नक्कली दावीहरु पनि प्रस्तुत भएको जस्ता कुराहरु पनि राख्नुभएको छ। कान्तिपुर, गौतम श्री, लालीगुराँस, देउराली, गुडवीलजस्ता सहकारीमा बचत गरेकाहरु रहेका छन्। यो छलफलले हामीलाई पीडितको माग सहज ढंगले बुझन सजिलो भएको छ। हामीले उहाँहरुलाई भनेका छौ ऋणी र बचतकर्ता फरक हो।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.