add

अब देशमा द्वन्द्व र काटमारको अन्त्य हुनेछः देउवा






ActPro Nepal

|

१५ भदौ, २०८१

|
130

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनेसँगै देशमा द्वन्द्व र काटमारको अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायसम्बन्धी कानुन संसदबाट सर्वसम्मत पारित भई राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित भइसकेकोप्रति खुशी व्यक्त गरे।

उनले संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनेसँगै नेपाल महत्वपूर्ण दिशामा विकास र अन्य काममा अगाडि बढ्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘अहिले एउटा महत्वपूर्ण कुरा के छ भने टिआरसी भनेर हामीले संसदबाट सर्वसम्मतिले पास गरेका छौँ। राष्ट्रपतिज्यूबाट पनि प्रमाणीकरण भइसकेको छ। अब पुरानो द्वन्द्व, काटमार जुन थियो, त्यो कुराहरुको अन्त्य हुनेछ भन्ने मलाई विश्वास छ। त्यसले गर्दा अबका दिनमा यस्ता कुराहरु हुने छैनन्। नेपालले अत्यन्तै महत्वपूर्ण दिशामा विकास र अरु काममा अगाडि बढ्ने छ भन्ने मलाई विश्वास छ।’

सभापति देउवाले अहिलेको गणतन्त्र बहुदलीय व्यवस्थामा आधारित गणतन्त्र रहेको बताए। गणतन्त्रलाई स्थायी रुपमा स्थापित गर्न सक्नुपर्ने बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.