काठमाडौं । भ्रष्टाचार सम्बन्धी कसुरमा पाँच वर्षे हदम्याद हटाउने विषयमा सहमति जुटेको छ।
सरकारले ल्याएको भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक माथि शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा पाँच वर्षे हदम्याद हटाउने सहमति जुटेको हो।
बैठकमा गृहमन्त्री रमेश लेखकले सरकार पाँच वर्षे हदम्याद हटाउन तयार रहेको बताएका थिए।
सरकारले सो सहमति जनाएपछि समितिका सभापति रामहरि खतिवडाले समितिमा विधेयकको दफा १६ मा राखिएको हदम्यादको प्रावधान हटाउने प्रस्ताव पेश गरे लगत्तै समितिका सम्पूर्ण सदस्यहरूले सर्वसहमति पास गरेका थिए।
सरकारले भ्रष्टाचारका कसुरमा पाँच वर्षे हदम्याद राख्दै विधेयक दर्ता गरेपछि यसबारे चौतर्फी दबाब बढेको थियो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।