add

नेप्सेमा भीषण पहिरो, परिसूचक २८०० बिन्दु तल झर्यो






ActPro Nepal

|

११ भदौ, २०८१

|
203

काठमाडौं  । आज मंगलबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक १११ दशलमव ९६ अंकले घटेर २,७८२ को विन्दुमा कायम भएको छ । आज २० कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २२३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ५१ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्यालीको ४५ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सी, आत्मानिर्भर लघुवित्त र दोल्ती पावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । थ्रि स्टारका लगानीकर्ताले ९ दशलमव ८१ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.