चितवन । चितवन जिल्लामा दर्ता भएर सञ्चालमा रहेका ८५६ वटा उद्योग तथा व्यावसायीक फर्महरु बन्द भएका छन् । गत आर्थिक वर्षमा उद्योगतर्फ ३७६ र व्यवसायीक फर्मतर्फ ४८० बन्द भएका हुन् ।
उद्योग तथा वाणिज्य कार्यालय चितवनका अनुसार जिल्लामा दर्ता हुने उद्योग तथा व्यावसायीक फर्मभन्दा खारेज हुनेको सङ्ख्या बढेको हो । गत आर्थिक वर्षमा यहाँ उद्योगतर्फ ४३९ वटा दर्ता भएका छन् भने व्यावसायीक फर्मतर्फ ४५१ वटा दर्ता भएका छन् ।
कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार उद्योगतर्फ खारेज हुनेमा १७७ वटा कृषि तथा वनजन्य उद्योग छन् । यस्तै उत्पादनमूलक उद्योग ८३ वटा, पर्यटनमूलक उद्योग ४२ वटा र सेवामूलक उद्योग ७४ वटा बन्द भएको खानालले जानकारी दिए।
गत आर्थिक वर्षमा २ हजार १०९ वटा उद्योगहरु नवीकरण गरिएको छ । वाणिज्यतर्फ दुई हजार ६८९ वटा व्यवसाय नवीकरण भएको उनले जानकारी दिए। जिल्लामा हालसम्म १६ हजार ३५० उद्योगको अभिलेख रहेको र २० हजार १ हजार ४१ वटा व्यावसायीक फर्म रहेको छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।