काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरुले ७० अर्ब बढी शेयर धितो कर्जा प्रवाह गरेको पाईएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर धितोकर्जा प्रवाह गरेका हुन् ।
जस मध्ये नबिल बैंकले सबैभन्दा धेरै ११ अर्ब ४२ करोड शेयर धितो कर्जा प्रवाह गरेको छ भने ग्लोबल आईएमइ बैंकले ७ अर्ब ५१ करोड शेयर धितोकर्जा प्रवाह गरेको छ। त्यस्तै नेपाल बैंकले ६ अर्ब ७८ करोड, सिद्धार्थ बैंकले ५ अर्ब ७८ करोड, सिटिजन्स बैंकले ४ अर्ब ८० करोड, कुमारी बैंकले ४ अर्ब ३७ करोड, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २६ करोड तथा प्राइम कमर्शियल बैंकले ४ अर्ब ५ करोड कर्जा प्रवाह गरेको छ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले शेयर धितो कर्जा प्रवाह गर्ने गरेको छैन भने नेपाल एसबिआई बैंकले सबै भन्दा कम २० करोड १५ लाख शेयर धितो कर्जा प्रवाह गरेको छ। त्यस्तै माछापुच्छ्रे बैंकले ४६ करोड ७० लाख , एनएमबि बैंकले ९८ करोड ८ लाख तथा कृषि विकास बैंकले १ अर्ब ५९ करोड शेयर धितोकर्जा प्रवाह गरेको छ। २०८१ साउनमा वाणिज्य बैंकले प्रदान गरेको शेयर धितोकर्जाको भारित औसत ब्याजदर १०.५० प्रतिशत रहेको छ।
कुन वाणिज्य बैंकले कति दिए शेयर धितो कर्जा ?
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।