add

नेपाल पूर्वाधार सम्मेलन भदौ २७ गतेदेखि हुने






ActPro Nepal

|

९ भदौ, २०८१

|
144

काठमाडौं । पाँचौं संस्करणको नेपाल पूर्वाधार सम्मेलनको यही भदौ २७ र २८ गते आयोजना हुने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ आयोजक एवं लगानी बोर्डको कार्यालय र वाइसीएनसी सहआयोजकमा यस वर्षको पूर्वाधार सम्मेलन हुन् लागेको हो ।

उद्योग परिसंघले सन् २०१४ देखि नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना, समग्र आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यले पूर्वाधार सम्मलेन आयोजना गर्दै आएको छ ।

रणनीतिक लगानीमार्फत दिगो विकास भन्ने मूल भावका साथ पाँचौं संस्करणको ‘बीवाइडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ आयोजना हुन लागेको हो ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सार्वजनिक निजी साँझेदारी अवधारणा अनुरुप नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्डसँगको सहकार्य सम्मेलन आयोजना गर्न लागिएको बताए ।

पूर्वाधारमा धेरै लगानी आवश्यक रहेको तर स्रोतको अभाव भईरहेको अवस्थामा पूर्वाधार क्षेत्रका लागि कसरी स्रोत जुटाउन सकिन्छ, नीतिगत रुपमा के के सुधार गर्नुपर्छ, पूर्वाधार विकासका सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यासहरू के के छन् भन्ने विषयमा गहन रुपमा सम्मेलनमा छलफल हुने उनले बताए । सम्मेलनबाट प्राप्त सुझाव नेपाल सरकारलाई उपलब्ध गराइने छ ।

सम्मेलन सहआयोजक लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रधुम्नप्रसाद उपाध्यायले लगानी सम्मेलनका क्रममा राखिएका परियोजनाहरू पूर्वाधार सम्मेलनमा पनि राखिने बताए । सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार पूर्वाधार सम्मेलनमा बोर्डले सहकार्य गरेको बताए ।

पूर्वाधारका लागि लगानी प्रबद्र्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रुपमा छलफल हुनेछ ।

सम्मेलनमा क्षेत्रीय यातायात, उर्जा, शहरी विकासलगायत विभिन्न १२ वटा विषयगत क्षेत्रमा गहन छलफल हुने उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले बताए । सम्मेलनमा छोटो समयमै पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगती हासिल गरेका देशका विज्ञहरू, लगानीकर्ताहरूको सहभागिता रहनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनको विभिन्न सत्रमा उपप्रधानमन्त्री, संघीय सरकारका मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्रीहरू, महानगरपालिकाका, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एशियाली विकास बैंक, विश्व बैंक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञहरूबाट प्रस्तुती हुनेछ ।

यस सम्मेलनमा विभिन्न प्रदेश तथा महानगरपालिकाहरूले अगाडि बढाएका परियोेजनाहरूको प्रोजेक्ट सोके पनि हुनेछ । सम्मेलनको टाइटल स्पोन्सर बीवाइडी रहेको छ भने को स्पोन्सर (बिल्ट एण्ड ट्रष्ट) मा शिवम् सिमेन्ट रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.