add

विदेशी मुद्रा सञ्चिति २० खर्ब नजिक, साढे १५ महिनाको आयात धान्ने






ActPro Nepal

|

२ भदौ, २०८१

|
105

काठमाडौं । विदेशी मुद्रा संचिति इतिहासकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विदेशी मुद्रा संचिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।यो हालसम्मकै धेरै हो ।

अघिल्लो वर्षको तुलनामा गत आवमा विदेशी मुद्रा संचिति ३२.६ प्रतिशतले बढेको हो । २०८० असार मसान्त्सम्म कुल विदेशी मुद्रा संचिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ असार मसान्तमा ३०.४ प्रतिशतले वृद्घि भई १५ अर्ब २७ करोड डलर पुगेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ छ ।

आर्थिक वर्ष २०८०र८१ को १२ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.