add

विमानस्थलबाट सुनसहित दुई जना पक्राउ






ActPro Nepal

|

३२ साउन, २०८१

|
255

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रबाट अवैध रुपमा सङ्कलन गरी लैजान लागेको सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका–५ घर भएकी ३१ वर्षीया जानुका न्यौपाने र स्याङ्जा वालिङ नगरपालिका–५ घर भएका २२ वर्षीया नारायण थापा रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए ।

उनले भने, ‘एयर अरेबियाको उडानमार्फत बहराईनबाट दुबई हुँदै काठमाडौं आएकी जानुकाबाट नारायणले अवैध रुपमा सङ्कलन गरी लैजान लागेको अवस्थामा उक्त धातु (सुन) सहित प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।’

बिहीबार करिब ५० ग्राम तौलको दुई थान सिक्रीसहित प्रहरीले उनीहरूलाई  क्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामङ्गलमा पठाइएको प्रवक्ता कार्कीले जानकरी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.