काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनी एक्स्चेन्ज कम्पनीको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नवीकरण नगरेको भन्दै काठमाडौं ठमेलको रेन्बो मनी एक्स्चेन्ज र ललितपुर पुल्चोकको कसा मनी एक्स्चेन्जको लाइसेन्स खारेज गरेको हो ।
केन्द्रीय बैंकबाट मनिचेन्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेका मनिचेन्जरहरूको नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप -विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको राष्ट्र बैंकले जानकारी गराएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।