add

नेपाल रिपब्लिक मिडियाको नाफा ४० लाख, रिटेन्ड अर्निङ भने ५० करोड ऋणात्मक






ActPro Nepal

|

३१ साउन, २०८१

|
195

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको खुद नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २८८.२९ प्रतिशतले बढेको छ ।

कम्पनीले गत असार मसान्तसम्म ४० लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा ३० लाख रुपैयाँ धेरै हो । अघिल्लो आवमा कम्पनीले १० लाख ५० हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी घटे पनि वित्तीय शुल्क घट्दा नाफामा सुधार आएको हो । समीक्षा अवधिमा कम्पनीका आम्दानी १६.३० प्रतिशतले घटेर १८ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष २२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

त्यस्तै, कम्पनीको अन्य आम्दानी २९.०३ प्रतिशतले घटेर ८५ लाख ५२ हजार रुपैयाँमा झरेको छ । सञ्चालन मुनाफा २१.६० प्रतिशत घटेको छ।

कम्पनीको वित्तीय शुल्क ६ करोड २४ लाख रुपैयाँबाट घटेर ३ करोड ७१ लाख रुपैयाँमा झरेको छ।समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च २७.९० प्रतिशतले घटेर ५ करोड ६० लाखमा झरेको छ ।

हाल ९६ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ भने ५० करोड ५७ लाख रुपैयाँ ऋणात्मक छ ।

नाफामा सुधार आएसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । अघिल्लो वर्ष ११ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी गत वर्ष बढेर ४२ पैसा पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ८८.७७ रुपैयाँ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.