काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आवको चौथोे त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार कम्पनीले ४६ करोड ९२ लाख ८६ हजार घाटामा रहेको छ ।
जबकि, अघिल्लो आव २०७९/८० मा सोनापुर २ करोड ६२ लाख रुपैयाँ नाफामा थियो । यस अवधिमा कम्पनीको बिक्री आम्दानी, अन्य आम्दानी घट्नुका साथै बिक्री लागत बढ्दा घाटामा गएको हो ।
गत वर्ष कम्पनीको संचालन आम्दानी ५.२२ प्रतिशतले घटेर १ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो आम्दानी १ अर्ब ७३ करोड रुपैयाँ थियो।
कम्पनीको अन्य आम्दानी ९९.१२ प्रतिशतले घटेर ६ लाख २१ हजार रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको बिक्रिी लागत २४ करोड बढेर १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
हाल ३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य प्रिमियममा १ अर्ब ६५ करोड र जगेडा कोषमा २९ करोड २१ लाख रुपैयाँ छ।
नोक्सानीमा गएसँगै कम्पनीको १५.२६ रुपैयाँ ऋणात्मक भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६३.२४ रुपैयाँ छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।