काठमाडौं । सर्वोत्तम सिमेन्टको खुद नाफामा गिरावट आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १८.५१ प्रतिशतले घटेकोे हो ।
कम्पनीले गत असार मसान्तसम्म १७ करोड ४२ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा झण्डै ४ करोड कम हो । अघिल्लो आवमा कम्पनीले २१ करोड ३८ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको बिक्री आम्दानी बढे पनि लागत बढ्दा नाफामा असर परेको हो । समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी १८.४७ प्रतिशतले बढेर ६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको यस्तो आम्दानी ५ अर्ब ३८ करोड रुपैयाँ थियो।
कम्पनीको अन्य आम्दानी २९८.९७ प्रतिशतले बढेर ४ करोड ३५ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च १३.९८ प्रतिशत घटेर ६१ करोड ३७ लाख रुपैयाँमा झरेको छ ।
हाल ४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्वीटिमा ४ अर्ब २५ करोड र रिभ्यालुएसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५.२८ रुपैयाँबाट घटेर ३.७५ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९८.८३ रुपैयाँ छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।