add

शीर्ष नेताले टिआरसी विधेयकबारे संसदमा संवोधन गर्ने






ActPro Nepal

|

३० साउन, २०८१

|
201

काठमाडौं । प्रतिनिधिसभामाको आजको बैठकमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्। 

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित हुनु अघि शिर्ष नेताबाट संवोधन हुन थालेको हो। 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य सूची छ। 

बैठकको सुरुमै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले विधेयकका बिषयमा संवोधन गर्नेछन्। त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ। 

शान्ति प्रक्रियाका काम टुंगोमा पु¥याउन सबै दल सहमति भएपछि विधेयक पारित हुने बाटो खुलेको छ । टीआरसीमा सहमतिका लागि कांग्रेसका नेता एवम् गृहमन्त्री रमेश लेखक, माओवादीबाट पूर्व गृहमन्त्री जनार्दन शर्मा र एमालेका मुख्य सचेतक महेश बर्तौलाले विधेयक प्रतिवेदन तयार पारेका थिए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.