add

छिमेक लघुवित्तको खुद नाफा १ अर्ब, लाभांश क्षमता कति ?






ActPro Nepal

|

३० साउन, २०८१

|
91

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सामान्य गिरावट आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५.७४ प्रतिशतले घटेको छ ।

लघुवित्तले गत असार मसान्तसम्म १ अर्ब ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा ६ करोड रुपैयाँ कम हो । अघिल्लो आवमा लघुवित्तले १ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा घट्दा नाफामा गिरावट आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.१४ प्रतिशतले घटेर २ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, संचालन नाफा ९.०९ प्रतिशतले घटेर १ अर्ब ४० करोड रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ३३ अर्ब ७२ करोड निक्षेप संकलन र ४ अर्ब ३० करोड रुपैयाँ सापटी लिई कुल ३४ अर्ब ९० करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

हाल २ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर प्रिमियममा ४ करोड ९ लाख, रिटेन्ड अर्निङमा १ अर्ब ७१ करोड ५९ लाख र जगेडा कोषमा २ अर्ब ६८ करोड ३५ लाख रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा १ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ छ । यसबाट कम्पनीले ५७.६४ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

समीक्षा अवधिमा लघुवित्तको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ३.८३ रुपैयाँले घटेर ३३.६२ रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २४९.१५ रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा झण्डै दोब्बरले बढेको छ । अघिल्लो वर्ष १.७२ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा गत आवमा बढेर ३ प्रतिशत पुगेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.