एएफसी च्यालेन्ज लिग : चर्च ब्वाइजविरुद्ध पारो एफसी २-१ ले विजयी






ActPro Nepal

|

३० साउन, २०८१

|
79

काठमाडौं । एएफसी च्यालेन्ज लिगको छनोट खेलमा भुटानको पारो एफसीले चर्च ब्वाइजलाई २-१ गोलले पराजित गरेको छ।

दशरथ रंगशालामा भर्खरै सकिएको खेलमा  ६७औँ मिनेटमा विलियम ओपोकु ओसिइदुले गरेको गोलको मद्दतमा पारो एफसीले महत्त्वपूर्ण जित निकालेको हो।

खेलमा अग्रता भने चर्च ब्वाइजले लिएको थियो। खेलको ३८औँ मिनेटमा नेपालको चर्च ब्वाइजका लागि लाकेन लिम्बूले गोल गरे। तर, चर्च ब्वाइजले एक मिनेट पनि अग्रता जोगाउन सकेन।

३९औँ मिनेटमा किंग्मा वाङचुकले पारोका लागि बराबरी गोल गरे। लगातारको वर्षाको कारण हिलाम्य भएको मैदानमा दुवै टिमको खेल प्रभावित देखिन्थ्यो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.