add

एचआइडीसीएलको १.६८ करोड कित्ता सेयर लिलामी खुल्यो






ActPro Nepal

|

२९ साउन, २०८१

|
149

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)ले आजदेखि १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर लिलामीमा ल्याउने भएको छ ।

कम्पनीले संस्थापक (प्रमोटर) समूहको उक्त सेयर ल्यामीमा ल्याएको हो । कम्पनीले यसअघि जारी गरेको १०० प्रतिशत हकप्रदमध्ये अवितरित उक्त सेयर लिलामी मार्फत बेच्न लागेको हो ।

कम्पनीको लिलामी सेयरमा भदौ ६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त हकप्रदमा इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीले लिलामी सेयरको भाउ न्यूनतम १०० रुपैयाँ तोकेको छ । लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या मूल्य तोकी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले कम्पनीको कम्पनीको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका शंखमूल, बिर्तामोड, हनुमानदास रोट, जनकपुरधाम, आर्दशनगर, विरगञ्ज, हेटौँडा, नारायणगढ, न्यूरोड (पोखरा), मिलनचोक (बुटवल), बाग्लुङ्ग बजार, त्रिभुवन चोक (नेपालगञ्ज), विरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.