add

शिवम् सिमेन्ट्को आम्दानी र नाफा दुबै घट्यो






ActPro Nepal

|

२७ साउन, २०८१

|
139

काठमाडौं । शिवम् सिमेन्टको खुद नाफा ५७.९३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ५७.९३ प्रतिशत घटेर २५ करोड २ लाख २२ हजार रुपैयाँमा कायम भएको छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ५९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

सञ्चालन आम्दानी भने अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ । कम्पनीले गत आर्थिक वर्ष ७ अर्ब ७० करोडको आम्दानी गरेको छ। जुन अघिल्लो आवको भन्दा ०.५८ प्रतिशतले कम हो ।

अघिल्लो आर्थिक वर्ष ७ अर्ब ७५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीको कुल नाफा १९.४९ प्रतिशतले घटेर १ अर्ब ३ करोड ४८ लाख रुपैयाँमा कायम भएको छ । नाफासँगै कम्पनीको प्रतिशयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशयर आम्दानी ८ रुपैयाँ ५४ पैसा घटेर ४ रुपैयाँ ९८ पैसामा झरेको छ। 

यस्तै, कम्पनीको अन्य आम्दानी ४५.४१ प्रतिशत घटेर १९ करोड ८५ लाख ४७ हजार रुपैयाँमा कायम गरेको छ । कम्पनीको कुल खर्च समीक्षा अवधिमा ४.१८ प्रतिशत घटेर ९५ करोड ६३ लाख रुपैयाँमा सिमित भएको छ ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १००.८६ गुणा रहेको छ । कम्पनीको चुक्ता पूँजी ५ अर्ब २ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.