add

रहेनन् गायक प्रकाश तिमिलसिना






ActPro Nepal

|

२७ साउन, २०८१

|
184

काठमाडौं । ‘प्रिय तिम्रो सिउँदोमा सिग्दुर भर्न देऊ…’ लगायत चर्चित गीतका गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । ललितपुर महनगरपालिका–१८ स्थिति आदिनाथ मार्गमा बस्दै आएका उनको शनिबार राति मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, ललितपुरले शनिबार राति तिमिल्सिना आफ्नो डेरामा मृत अवस्थामा भेटिएको जनाएको छ ।

उनको शव अहिले पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।

नेपाली गायन रियालिटी शो नेपाली ताराबाट उदाएका प्रकाशका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ…’,‘नमान लाज यसरी…’, ‘नआए नि हुन्थ्यो…’ लगायत गीतहरू चर्चित छन् ।

पोस्ट्मार्टम सकिएपछि दिवंगत प्रकाशको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले केहीबेरमा सङ्गीत तथा नाट्य प्रतिष्ठानमा राखिने र आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने तयारी छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.