काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसंगठन विस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा छलफल हुनेछ ।
बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।