add

नेरुडे मिर्मिरे लघुवित्तको नाफा झण्डै ८ गुणाले बढ्यो, लाभांश क्षमता कति ?






ActPro Nepal

|

२७ साउन, २०८१

|
173

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उल्लेख्य सुधार आएको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६७४.४० प्रतिशतले बढेको छ ।

लघुवित्तले गत असार मसान्तसम्म ४४ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा ३८ करोड ९२ लाख रुपैयाँ धेरै हो । अघिल्लो आवमा लघुवित्तले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा नाफामा उछाल आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३८.१२ प्रतिशतले बढेर १ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन नाफा ५९५.८६ प्रतिशतले बढेर ५९ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ६ अर्ब १४ करोड रुपैयाँ निक्षेप र ११ अर्ब २ करोड सापटी लिई कुल २० अर्ब १४ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

हाल १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा ५ करोड २९ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब २६ करोड ६४ लाख रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा ५ करोड २९ लाख रुपैयाँ छ । यसबाट कम्पनीले ३.७८ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७.९१ रुपैयाँबाट बढेर ३१.९८ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १९४.३९ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष ५.०५ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा गत आवमा बढेर ६.६० प्रतिशत पुगेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.