add

अब देशमा केहि हुन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नु पर्छ : महामन्त्री थापा






ActPro Nepal

|

२७ साउन, २०८१

|
192

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अब देशमा  केही  हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो रहेको बताएका छन्।

कांग्रेस नेता एवं शिक्षासेवी श्यामबहादुर कार्कीको १७औँं स्मृति दिवसका अवसरमा शनिबार बालकोटमा भएको कार्यक्रममा महामन्त्री थापाले जनतामा निराशा आउन नदिन सरकारले विशेष ध्यान पुर्‍याउनुपर्ने बताए। 

‘स्वदेशमै केही गर्न सकिन्छ भन्नेतर्फ युवालाई आकर्षित गर्नुपर्छ। यसका लागि राज्यले उचित वातावरण तयार गर्न समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ । समाजमा गौरव गर्ने कुरा धेरै छन्। केही छैन भन्ने सोच्नु हुँदैन,’ उनले भने।

उनले देशमा केही नभएको भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसलाई अब चिर्नुपर्नै बताए।

‘देशमा केही नभएको भाष्य निर्माण गर्न खोजिदैछ , यसलाई चिर्नुपर्छ,’ उनले भने, ‘विकास भइरहेको छ, अझै गर्नुपर्छ र गर्न सकिन्छ भन्ने विश्वास युवालाई जगाउनुपर्छ।’

महामन्त्री थापाले देशैभरका प्रजातन्त्र सेनानीको अभिलेख तयार पारी पार्टीको अभिलेखमा राख्ने र दश करोडको अक्षय कोष खडा गर्ने नीति पार्टीले लिएको जानकारी दिए। 

उनले कोषबाट प्राप्त रकम प्रजातन्त्र सेनानीका सन्ततीको शिक्षा र स्वास्थ्यमा उपयोग गर्ने तयारी रहेको बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.