काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उल्लेख्य सुधार आएको छ । लघुवित्तले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५७.८९ प्रतिशतले बढेको छ ।
लघुवित्तले गत असार मसान्तसम्म ३४ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आव २०७९ /८० को तुलनामा साढे १२ करोड रुपैयाँ धेरै हो । अघिल्लो आवमा लघुवित्तले २१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा नाफामा उछाल आएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७५.५६ प्रतिशतले बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन नाफा ५१.८६ प्रतिशतले बढेर ४७ करोड १६ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तले ५ अर्ब २४ करोड रुपैयाँ निक्षेप र १३ अर्ब १९ करोड सापटी लिई कुल २० अर्ब ६३ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
हाल १ अर्ब १६ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा २८ करोड ११ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ४१ करोड ९३ लाख रुपैयाँ संचित छ ।
समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा २८ करोड ११ लाख रुपैयाँ छ । यसबाट कम्पनीले २४.११ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १९.९२ रुपैयाँबाट बढेर २९.२५ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २४५.९ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको खराबमा पनि सुधार आएको छ । अघिल्लो वर्ष ३.५३ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा गत आवमा घटेर ३.२५ प्रतिशतमा झरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।