काठमाडौं । नागरिक लगानी कोषको नाफामा गिरावट आएको छ । कोषले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चैथो त्रैमासको अपष्किृत वित्तीय विवरण अनुसार खुद नाफा ९.९१ प्रतिशतले घटेको छ ।
गत असार मसान्तसम्म कोषले १ अर्ब १० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ करोड रुपैयाँ कम हो । अघिल्लो वर्ष कोषले १ अर्ब २२ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कोषको आम्दानी बढे पनि खर्च बढ्दा नाफामा असर परेको हो । समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी १९.५५ प्रतिशत प्रतिशत बढेर ४४ करोड २५ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, सेवा तथा कमिसन आम्दानी २ करोड बढेर १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । कुल आम्दानी ५.२५ प्रतिशत बढेर १ अर्ब ९२ करोड रुपैयाँ पुगेका छ ।
समीक्षा अवधिसम्म कोषले १ खर्ब ३० अर्ब ७१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ । हाल ५ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १८ अर्ब १५ करोड रुपैयाँ संचित छ ।
खुद नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २.२८ रुपैयाँ घटेर २०.७५ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १७१.४५ रुपैयाँ छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।