काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६४ खर्ब ४२ अर्ब पुगेको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन २० गते बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो । साउन लागेयता घट्न थालेको निक्षेप संकलन पछिल्लो केही दिन यता पुनः बढ्न थालेकाे छ ।
साउन १९ गते बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ३४ अर्ब निक्षेप संकलन भएकोमा २० गते ६ अर्बले बढेर ६४ खर्ब ४२ अर्ब संकलन भएको हो । यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन ६ अर्बले बढेको छ । असार १९ गते ५७ खर्ब ६ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले २० गते ५७ खर्ब १२ अर्ब निक्षेप संकलन गरेका छन् ।
त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह भने स्थिर रहेको छ । शनिबारसम्म ५१ खर्ब ४५ अर्ब प्रवाह भएकोमा आइतबार पनि सोही रकम बराबरको कर्जा प्रवाह भएको हो । सो समयावधिमा वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाह १ अर्बले घटेको छ। शनिबारसम्म ४५ खर्ब ५३ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले आइतबार ४५ खर्ब ५२ अर्ब प्रवाह गरेका छन् ।
राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.५३ बाट घटेर ७८.४५ प्रतिशतमा कायम भएको देखाएको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।