काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
साधरण सभा तथा लाभांश प्रयोजनका लागि दुवै कम्पनीले भोलि (साउन २४ गते) बुकक्लोज मिति तोकेका छन् । सो अनुसार दुवै कम्पनीको आजसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउने छन् ।
नेशनलले अघिल्लो वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश घोषणा गरेको छ ।
उक्त लाभांश पारित गर्न नेशनलले भदौ ४ गते गते ३६औं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा होटल केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।
त्यस्तै, सूर्योदय वोमी लघुवित्तले १४.०७७ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न लघुवित्तले साउन ३२ गते १२ औं वार्षिक साधरण सभा बोलाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।