काठमाडौं । हेलिकप्टर कम्पनीहरुले हेलिकप्टर चार्टर गर्दा लिने भाडा बढाएका छन् । आगामी अक्टोबर १ बाट लागू हुने गरी हेलिकप्टर कम्पनीहरुले भाडा बढाउने सहमति गरेका हुन् ।
आगामी असोज १५ (अक्टोबर १) देखि लागू हुने गरी हेलिकप्टर कम्पनीहरूले विभिन्न गन्तव्यको भाडादर बढाएका हुन् ।
हेलिकप्टर कम्पनीका प्रतिनिधिहरूले गत जेठ २१ गते गरेको सहमति अनुसार विभिन्न गन्तव्यको भाडा ४ देखि ५ प्रतिशतसम्म बढाएका हुन् ।
एयर डाइनेष्टी, अल्टिट्युड, फिस्टेल, हेलि एयरभेष्ट, कैलास, मनाङ, प्रभु, श्री र सिम्रिक एयरका प्रतिनिधिले भाडा बढाउने सहमति गरेका थिए ।
हेलिकप्टर कम्पनीका अनुसार एभरेष्ट क्षेत्र अन्तर्गत हुने चार्टर्ड उडानको भाडादर १०० देखि २०० डलरसम्म बढेको छ ।
नेपालीहरूका लागि चार्टर्ड उडानको भाडादर सबैभन्दा सस्तो काठमाडौंबाट गोसाइकुण्डको डेढ लाख रुपैयाँ रहेको छ । त्यस्तै सबैभन्दा बढी भाडा काठमाडौं-दार्चुलाको १४ लाख रहेको छ।
त्यस्तै, दुईतर्फी भाडादर काठमाडौं-वीरगंज २ लाख २० हजार, काठमाडौं-जनकपुर ३ लाख, काठमाडौं-ओखलढुंगा २ लाख २० हजार, काठमाडौं-पोखरा ३ लाख ३० हजार, काठमाडौं-फाप्लु ३ लाख, काठमाडौं-खोटाङ ३ लाख, काठमाडौं-मुक्तिनाथ ५ लाख २५ हजार, काठमाडौं-धरान ४ लाख ४० हजार, काठमाडौं-भैरहवा/बुटवल ४ लाख २५ हजार, काठमाडौं-भोजपुर ३ लाख ९० हजार, काठमाडौं-धनगढी ११ लाख, काठमाडौं-रारा ११ लाख, काठमाडौं-डडेलधुरा १२ लाख ७५ हजार र काठमाडौं-सिमीकोट १२ लाख ७५ रुपैयाँ छ ।
कहाँ जान कति लाग्छ भाडा ?
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।