add

प्रभु बैंकको नाफा १६ गुणा बढ्यो, कति दिन सक्छ लाभांश ?






ActPro Nepal

|

२१ साउन, २०८१

|
140

काठमाडौं । प्रभु बैंकले खुद नाफामा उछाल आएको छ । बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ १४९९.०४ प्रतिशतले बढेको छ ।

बैंकले गत असार मसान्तसम्म ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ अर्ब २० करोड रुपैयाँ बढी हो । अघिल्लो वर्ष बैंकले जम्मा २८ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी, संचालन नाफा बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा खुद नाफामा उल्लेख्य सुधार आएको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशतले बढेर १२ अर्ब २ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ३५४.६२ प्रतिशतले बढेर ७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल २३ अर्ब ५४ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङ १ अर्ब २२ करोड र जगेडा कोषमा ११ अर्ब ६६ करोड रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ । यसबाट बैंकले सेयरधनीलाई ५.२० प्रतिशत लाभांश बाँड्न पुग्छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १.१९ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी १७.८४ रुपैयाँ बढेर १९.०३ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५४.७६ रुपैयाँ, खराब कर्जा ४.७८ प्रतिशत, मूल्य आम्दानी अनुपात ८.६० प्रतिशत, बेसरेट ८.२० प्रतिशत र सीडी रेसियो ७४.६६ प्रतिशत रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.