add

सिटिजन्स बैंकको नाफा ५२ करोड घट्योे






ActPro Nepal

|

२० साउन, २०८१

|
172

काठमाडौं । सिटिजन्स बैंकको खुद नाफामा गिरावट आएको छ । बैंकले शनिबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ २७.९७ प्रतिशतले घटेको छ ।

बैंकले गत असार मसान्तसम्म १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५२ करोड कम हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी, संचाालन मुनाफा घट्दा र खराब कर्जा बढ्दा नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४४ प्रतिशतले घटेर ५ अर्ब ६८ करोड रुपैयाँमा सीमित भएको छ । यसैगरी, बैंकको सञ्चालन मुनाफा २७.९७ प्रतिशतले घटेर २ अर्ब ७ करोड रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल १४ अर्ब २० करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङ ६१ करोड ६१ लाख र जगेडा कोषमा ६ अर्ब ७४ करोड रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ६१ करोड ६१ लाख रुपैयाँ रहेको छ । यसबाट बैंकले सेयरधनीलाई ४.३४ प्रतिशत लाभांश बाँड्न पुग्छ ।

खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेकोे छ । अघिल्लो वर्ष १३.१२ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी ३.६७ रुपैयाँ घटेर ९.४५ रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५१.८१ रुपैयाँ, खराब कर्जा ४.०७ प्रतिशत, मूल्य आम्दानी अनुपात २०.४७ प्रतिशत, बेसरेट ८.२६ प्रतिशत र सीसीडी रेसियो ८१.८४ प्रतिशत रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.