काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनीमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका-६ मा निर्माणाधीन ४.३ मेगावाटको फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजनामा बैंकले उक्त रकम लगानी गर्ने भएको हो ।
बिहीबार दुई संस्था बीच लगानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट पूर्वाधार बैंकिङ विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।
कुल ९४ करोड लागत रहेको यस आयोजनामा स्वपूँजी लगानी ४४ करोड गर्ने उल्लेख छ । कम्पनीका अनुसार यही साउन भित्रै कम्पनीलाई प्रालिबाट लिमिटेडमा परिवर्तन गरी स्वपूँजी ४४ करोडको ३० प्रतिशत (१३ करोड २० लाख रुपैयाँ) बराबरको आइपीओ निष्काशन गरिनेछ ।
२०८२ असोजभित्र सम्पन्न हुने यस आयोनाको लागि आवश्यक सम्पूर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भएको छ ।
पूर्वाधार निर्माणको काम करिब ३० प्रतिशत सम्पन्न भएको कम्पनीले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।