काठमाडौं । सरकारले विश्व बैंकबाट १ हजार मिलियन अमेरिकी डलर (करिब १३ अर्ब ३४ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ ।
साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमलागि विश्व बैंकबाट उक्त ऋण लिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलो चरणअन्तर्गत उपलब्ध हुने ७४.६ मिलियन एसडीआर अर्थात् १ हजार मिलियन अमेरिकी डलर सहुलियत पूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको बताए ।
सडक सुधार आयोजनाको स्थानीय सरकारको सहयोगमा प्रदेश सरकारले कार्यान्वयन गरी संघ सरकारले मूल्यांकन तथा अनुगमन गर्ने उनले बताए ।
त्यस्तै, सरकारले तल्लो मोदी, नयाँ मोदी १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वतमा करिब ०.०४७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
सरकारले गरिब परिवार पहिचान तथा परिचयपत्र निर्देशिका २०७५ अनुसार १५ जिल्ला ओखलढुङ्गा, कञ्चनपुर, गुल्मी, दोलखा, धनुषा, नुवाकोट, पर्सा, बारा, बैतडी, मनाङ, मुस्ताङ, रुपन्देही, सप्तरी, सर्लाही र सिन्धुपाल्चोकका २ लाख ७१ हजार ६४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारको नाममा दर्ता रहेको कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिकाअन्तर्गत बासखोर स्वास्थ्य चौकीको भवन निर्माणका लागि ०-१७-७ विघाजग्गा उपयोग गर्न स्वीकृत दिने निर्णय भएको गरेको छ ।
नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति गठन दोस्रो संशोधन आदेश २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।