add

यस्ता छन् धितोपत्र बोर्डकाे चालु वर्षका नीति तथा कार्यक्रम






ActPro Nepal

|

१४ साउन, २०८१

|
167

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपाली (एनआरएन)हरूको लगानी खुला गर्न धितोपत्र सम्बन्धी कानुनहरूमा संशोधन प्रक्रिया अगाडि बढाउने भएको छ ।

बोर्डले चालु ‘आर्थिक वर्ष २०८१/८२ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम’मा दोस्रो बजारमा एनआरएनकाे लगानी भित्र्याउन कानुन संशोधन गर्ने कार्यक्रम राखेको हो ।

यसैगरी, बोर्डले नेपाल धितोपत्र तथा विनिमय आयोग र धितोपत्र बजारसम्बन्धी कानून तर्जुमा गर्ने सम्बन्धमा नेपाल सरकारसँग समन्वय गरी आवश्यक कार्य गर्ने र ६.२ धितोपत्र सम्बन्धी ऐन, २०६३ र वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ अन्तर्गतका नियमावली, निर्देशिकामा आवश्यक संशोधन कार्य गर्ने आफ्नो योजनामा राखेको छ ।

वस्तु विनिमय बजारसम्बन्धी वस्तु कारोवार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय, वेयर हाउस सम्बन्धमा आवश्यक नियमावलीहरू तर्जुमा गर्ने, वस्तु विनिमय बजारको अनुमतिपत्र प्रदान गर्ने योजना रहेको छ । वस्तु विनिमय बजारसम्बन्धी वस्तु कारोवार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय, वेयर हाउस सम्बन्धमा आवश्यक नियमावलीहरू तर्जुमा गर्ने नीति रहेको छ ।

त्यसैगरी, बोर्डले बुक विल्डिङ्ग विधि मार्फत सार्वजनिक निष्काशनलाई थप व्यवस्थित बनाउन नियमावली तथा निर्देशिकामा आवश्यक परिमार्जन गर्ने योजना राखेको छ ।

हकप्रद सेयर र संस्थापक सेयरको लिलाम बिक्रीलाई व्यवस्थित गर्न अटोमेटेड अक्सन सिस्टमलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिने नीति रहेको छ ।

धितोपत्रको सार्वजनिक निष्काशनमा नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता कायम गर्न प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको निर्देशन तथा अन्तर्राष्ट्रिय प्रचलनलाई समेत मध्येनजर गरी स्टयान्डर्ड गाइडलाइन तयार गर्ने र सूचिकृत संगठित संस्थाको संस्थापक सेयरको हाल कायम लकइन अवधि सम्बन्धी व्यवस्थामा अध्ययन गरी परिमार्जन गरिने रहेको छ ।

बोर्डले आगामी आवमा बोर्डको आफ्नै डाटा सेन्टर स्थापना गर्ने, धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने कारोबारको अनुगमन तथा सुपरीवेक्षण गर्न अन्तर्राष्ट्रिय रुपमा प्रयोग भैरहेका एआई बेस्ड एकीकृत वास्तविक समय सुपरीवेक्षण प्रणाली प्रयोगमा ल्याउन अध्ययन गर्ने जनाएको छ ।

बोर्डको नीति तथा कार्यक्रममा हरित बण्ड, उर्जा बण्ड जस्ता उपकरणको निष्काशन तथा कारोवारलाई सहजीकरण गर्न एकीकृति स्वचालित ऋणपत्र बजार संचालन व्यवस्था सम्बन्धी आवश्यक अध्ययन गर्ने-गराउने जनाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.