add

साउन १० गते बिहीवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

१० साउन, २०८१

|
5102

आजको पञ्चाङ्ग

काठमाडौं । २०८१ साउन १० गते | बिहीवार २५ जुलाई २०२४। श्रावण कृष्णपक्ष, चतुर्थी तिथि, ८ः०८ बजेपछि पञ्चमी। पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि कुम्भ, १४ः५७ बजेपछि मीन।

आजको राशिफल

मेष : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। धार्मिक र सांस्कृतिक गतिविधिमा सहभागी हुने अवसर मिल्नेछ। मनमा उत्साह बढ्नेछ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। खर्च बढ्ने जोखिम छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

वृष : दिन रमाइलो बन्नेछ। आर्थिक समस्याको समाधान हुने दिन छ। वैदेशिक क्षेत्रको प्रयासबाट राम्रो आम्दानी हुनेछ। परिवारमा मेलमिलाप बढ्नेछ। सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ।

मिथुन : सामाजिक कार्यमा सफलता मिल्नेछ। आर्थिक क्षेत्र सबल बन्नेछ। आफू भित्र भएको प्रतिभाको प्रदर्शन गर्ने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट राम्रो नतिजा मिल्नेछ। परिवारमा खुशी प्राप्त हुने हुँदा दिन रमाइलो बन्नेछ।

कर्कट : अप्रिय शब्दले नजिकका साथी टाढिने जोखिम देखिन्छ। राम्रो भन्छु भन्दाभन्दै नराम्रो शब्द चिप्लिने खतरा रहेकाले बोल्नु अगाडि सोच्नु आवश्यक देखिन्छ। लगानीको क्षेत्रमा भने फाइदा हुनेछ। गुरुबाट उपयुक्त सुझाव प्राप्त हुनेछ। बौद्धिक व्यक्तिको सुझावले महत्त्वपूर्ण काम बन्ने योग छ।

सिंह : दिन राम्रो छ। सोचेको काम बन्नेछ। कृषि क्षेत्रमा गरेको लगानीले उत्साह बढाउने छ। बोल्दा ख्याल नगर्ने बानीले परिवारमा असन्तुष्टि बढ्नेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ।

कन्या : राजनीतिमा सफलता मिल्नेछ। संगठनमा महत्त्तवपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। सामाज सेवाको अवसर प्राप्त हुनेछ। कर्तव्य बिर्सने जोखिम रहेकाले आम्दानी हुँदै गर्दा सचेत बन्नु राम्रो हुनेछ। परिवारबाट सकारात्मक सहयोग प्राप्त हुनेछ।

तुला : तपाईंले गरेको कामको जस अरुले लिने जोखिम छ। तपाईंको मर्यादामा धावा बोल्नेहरु सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्राविधिक शिक्षामा सफलतामा मिल्नेछ। राजनीतिमा आक्रमण हुने जोखिम छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

वृश्चिक : हरेक क्षेत्रमा तपाईंको प्रयास सफल बन्नेछ। राजनीतिमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट नाफा हुनेछ। विदेशको भन्दा स्वदेशको लगानीबाट फाइदा हुनेछ। पश्चिमको लामो यात्रामा नजानु राम्रो होला।

धनु : पुराना साथीसँग भेटले खुशी मिल्नेछ। बैद्धिक मित्रको सल्लाह अनुसार गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको सल्लाह अनुरुपम अगाडि बढ्नु बुद्धिमानी मानिने योग छ।

मकर : धन आर्जन गर्ने काममा दिन बित्नेछ। सम्पत्तिले धार्मिक कार्यभन्दा टाढा बस्न मन लाग्ने हुनसक्छ। शनिको दृष्टि योग रहेकाले संकट निरन्तर देखिन सक्छ। परिवारा भने मेलमिलााप हुनेछ।

कुम्भ : झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। मनमा नकारात्मक भावना बढ्ने देखिन्छ। मन उदास हुनेछ। बिहानै धार्मिक कार्यमा संलग्न भएमा मन शान्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : तपाईंको कामको प्रशंसा हुनेछ। साथीले प्रशंसा गर्नेछन्। राजनीतिमा झुकाब बढ्नेछन्। नयाँनयाँ विचारको विकास हुनेछ। अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। संकटमा पनि परिवारको भने साथ मिल्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.