add

साउन २७ देखि हकप्रद सेयर जारी गर्दै आँखुखोला जलविद्युत






ActPro Nepal

|

९ साउन, २०८१

|
162

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले साउन २७ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत अर्थात् १ः१.५ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो।

कम्पनीको हकप्रद सेयरमा भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले हकप्रद प्रयोजनका लागि साउन १ गते बुकक्लोज गरेको थियो। सो अनुसार असार ३१ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले हकप्रद बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

हाल ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद बिक्रीपछि २ अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीले हकप्रद बिक्रीबट प्राप्त हुने रकममध्ये ४० करोड आँखुखोला १ आयोजना निर्माणका लागि बैंक्बाट लिएको ऋण तिर्ने र ८० करोड रुपैयाँ गणेश हिमाल हाइड्रोपावर कम्पनीद्वारा प्रबर्धित आँखुखोला २ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत सेयर स्वामित्व हुने गरी स्वपूँजी लगानी गर्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.