add

पशुपति कोटिहोम : साउन १६ गते देखि ३२ गतेसम्म श्री राम कथा प्रवचन हुँदै






ActPro Nepal

|

९ साउन, २०८१

|
592

दिपक घिमिरे

काठमाडौं ।  पशुपतिनाथ स्थित वनकालीमा सञ्चालन भइरहेको ऐतिहासिक विशाल कोटी होम यज्ञको अवसरमा धार्मिक कथा प्रवर्चनहरु सुरु भएको छ । एक महिनासम्म चल्ने ऐतिहासिक विशाल कोटी होममा धार्मिक गुरुहरू द्वारा कथा प्रवर्चनका साथै सत्संग सुरु गरिएको हो ।

कथा सुन्न र यज्ञको दर्शन गर्न धार्मिक पर्यटकहरूको दैनिक भिडभाड बढ्न थालेको छ । यज्ञकै अवसरमा श्रीराम कथा प्रवचन हुने भएको छ । कोटी होम यज्ञको परिसरमा साउन १६ गते देखि ३२ गतेबाट राम कथा प्रवचन सुरु हुने छ ।

श्रीराम कथा प्रवचन राम कथावाचक सुश्री चन्द्रकलासखीबाट हुनेछ ।  

मानव सेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घ–संस्थाको आयोजनामा कोटी होम महायज्ञ सञ्चालन भएको हो । उक्त महायज्ञ आगामी साउन महिना भरि चल्ने आयोजक मानव सेवा फाउन्डेशनले जनाएको छ ।

मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने पनि महायज्ञको उद्देश्य रहेको आयोजकले जनाएका छन् ।

मामाघर अनाथालय आश्रमले अनाथ र आधारभूत आवश्यकताबाट बन्चित बालबालिकालाई निःशुल्क भोजन, आवास तथा स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ । 

यस्तै, छोरीको घर ज्येष्ठ नागरिक आश्रमले बेसहारा, शोषित र पीडित ज्येष्ठ नागरिकलाई गास, बास, कपासका साथै स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ।

महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकहरूबाट आशीर्वचन तथा कथा प्रवचन हुनेछ । यस्तै, विभिन्न गुरुहरूबाट नित्य हवन, पूजा, आरती र भजन कीर्तन हुने आयोजकले जनाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.