add

एक वर्षको व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड






ActPro Nepal

|

८ साउन, २०८१

|
189

काठमाडौं । आर्थिक बर्ष २०८०\८१ मा नेपालले १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ व्यापार घाटा व्योहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा ०.९६ प्रतिशतले घटेको छ।

अघिल्लो आर्थिक बर्षको अन्त्यसम्ममा व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख रुपैयाँ रहेको थियो । वैदेशीक व्यापारमा गिरावट आउँदा व्यापार घाटा समेत बढेको हो । गत आर्थिक बर्षमा आयात र निर्यात दुवै घटेको छ । आयात १.१६ र निर्यात ३.०३ प्रतिशतले घटेको हो।

गत आवमा १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात १ खर्ब ५२ अर्ब ३८ करोडमा सीमित भएको विभागले जनाएको छ ।

भन्सार विभागका अनुसार पछिल्लो एक बर्षमा १७ खर्ब ४५ अर्ब ३६ करोड बराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो आवमा १७ खर्ब ६८ अर्ब ८७ करोड बराबरको वैदेशिक व्यापार भएको थियो । कुल वैदेशिक व्यापार १.३३ प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्ष विभिन्न मुलुकबाट सामान आयात गरेबापत ४ खर्ब २० अर्ब १६ करोड ८२ लाख रुपैयाँ राजस्व उठेको छ ।

सबैभन्दा बढी पेट्रोल, डिजेल र एलपीजी ग्यास आयात गरिएको विभागको तथ्यांक छ । एक वर्षमा १ खर्ब ४३ अर्ब ९७ करोड रुपैयाँको पेट्रोल आयात गरिएको छ। ६८ अर्ब १० करोड रुपैयाँको डिजेल र ५५ अर्ब ६१ करोड रुपैयाँ बराबरको एलपीजी ग्यास आयात गरिएको छ ।

निर्यात हुने वस्तुमा गलैंचा, अलैंची, फलामजन्य वस्तु, मिश्रित जुस छन् । एक वर्षमा १० अर्ब ५७ करोड रुपैयाँ बराबरको गलैंचा र ७ अर्ब ९३ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको विभागको तथ्यांक छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.