न्यूरोडमा आगामी मंसिर २ गतेसम्म फुटपाथ विस्तार नगर्ने सहमति






ActPro Nepal

|

७ साउन, २०८१

|
203

काठमाडौं । आगामी मंसिर २ गतेसम्म काठमाडौंको न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारको काम नगर्ने सहमति भएको छ ।

सोमबार काठमाडौं महानगरपालिका र आन्दोलनरत वडाका जनप्रतिनिधि तथा स्थानीय बीच भएको वार्तामा यस्तो सहमति भएको हो।

महानगरका मेयर बालेन्द्र शाह (बालेन), उपमेयर सुनीता डंगोल, वडा नं. २२ र २३ का वडाध्यक्षसहितको वार्तामा फुटपाथ विस्तारको बारेमा अध्ययन गर्न एक समिति बनाउने सहमति भएको हो ।

उक्त समितिले मंसिर २ गतेसम्म प्रतिवेदन बुझाउने र सो समयसम्म फुटपाथ निर्माण सम्बन्धी काम रोक्ने निर्णय भएको हो ।

उच्च अदालत पाटनले फुटपाथ विस्तारको बाटो खोलिदिएसँगै महानगरले साउन २ गतेदेखि न्यूरोड क्षेत्रमा काम थालेको थियो । महानगरको उक्त कार्यविरुद्ध जनप्रतिनिधि सहित स्थानीय आन्दोलित भएपछि महानगरले सहमति गरेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.