काठमाडौं । नेपाली बजारमा अनर २०० सिरिजको प्रिबुकिङ सुरु भएको छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले प्रिकुकिङ खुला गरेको हो ।
अनर २०० सिरिज अन्तर्गत अनर २०० र २०० प्रो फाइभजी स्मार्टफोन ८ साउनसम्म प्रिबुकिङ गर्न सक्नेछन् । फोन प्रिबुक गर्ने ग्राहकलाई रोचक उपहार र अफर दिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अनर २०० प्रो १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्ट तथा अनर २०० फोन १२ जीबी र्याम तथा २५६ जीबी र १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध हुने छ ।
दुवै फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलको टेलिफोटो र १२ मेगापिक्सेलको अल्ट्रावाइड गरी ट्रिपल क्यामेरा सेटअप छ । सेल्फीका पनि दुवैमा ५० मेगापिक्सेलको क्यामेरा छ ।
त्यस्तै दुवै फोनमा ५२०० एमएएच क्षमताको सिलिकन कार्बन ब्याट्री दिइएको छ । यसले एक पटको फुल चार्जमा ६१ घण्टासम्म निरन्तर म्युजिक बजाउन सकिने कम्पनीको दाबी छ ।
त्यस्तै दुवै फोनले १०० वाटसम्मको चार्जिङ सपोर्ट गर्छन् । २०० प्रोमा ६६ वाटको वायरलेस चार्जर पनि दिइएको छ । कम्पनीले अनर २०० प्रोमा स्न्यापड्रागन ८ एस जेनथ्री र अनर २०० मा स्न्यापड्रागन ७ जेन थ्री प्रोसेसर दिएको छ । ग्राफिक्सको कुरा गर्दा अनर २०० प्रोमा एड्रेनो ७३५ र अनर २०० मा एड्रेनो ७२० छ ।
फाइभजी कनेक्सन सपोर्ट गर्ने दुवै फोन एन्ड्रोइड १४ मा आधारित म्याजिक ओएस ८.० मा चल्नेछन् । यसका साथै दुवै फोनमा ५ वाटको रिभर्स वायर्ड चार्जिङ समेत रहेको छ ।
त्यस्तै अनर २०० प्रो ओशन सायन र ब्ल्याक तथा अनर २०० मुन लाइट ह्वाइट र ब्ल्याक गरी दुई रङमा उपलब्ध हुनेछ । नेपाली बजारमा अनर २०० फोन १२ं२५६ जीबी भेरियन्टको मूल्य ६४ हजार ९९९ रुपैयाँ र १२ं५१२ जीबी भेरियन्टको मूल्य ६७ हजार ९९९ रुपैयाँ निर्धारण गरेको छ ।
यो फोन प्रिबुकिङ गर्ने ग्राहकले १३ हजार ९९९ रुपैयाँ पर्ने अनर चोइस वाच मात्र १ हजार ९९९ रुपैयाँमा पाउने र स्क्रीन ब्रेकेज बीमाको लाभ उठाउन सक्ने कम्पनीले बताएको छ ।
त्यस्तै अनर २०० प्रोको मूल्य ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यसको प्रिबुकिङ गर्ने ग्राहकले पनि १३ हजार ९९९ पर्ने अनर चोइस वाच र पाँच हजार ४९९ रुपैयाँ पर्ने अनर चोइस इयरबड्स एक्स फाइभ सहित स्क्रिन ब्रेकेज बीमा र भीआईपी कार्ड पाउनेछन् ।
ग्राहकले अनलाइन र अफलाइन दुवै प्लेटफर्मबाट प्रिअर्डर गर्नसक्ने कम्पनीले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।