वाईवाईले विश्वकप खेलेका क्रिकेटरलाई प्रोत्साहन स्वरुप १० लाख रूपैयाँ दियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चौधरी ग्रुपको उत्पादन वाईवाई चाउचाउले गत महिना सम्पन्न टि–२० विश्वकप खेलाडीलाई प्रोत्साहन स्वरुप एकमुष्ट १० लाख रुपैयाँ उपलब्ध गाएको छ। पूर्व घोषणा अनुसार वाईवाईले एक कार्यक्रमबीच बुधबार नेपाल क्रिकेट संघलाई सो रकम हस्तान्तरण गरेको छ।

वाईवाईले विश्वकपमा शतक प्रहार गर्ने नेपाली खेलाडीलाई एक लाख, प्रत्येक जितमा एक लाख ५० हजार र अर्धशतकमा ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो । यस्तै प्रत्येक विकेटमा १५ हजार, हरेक छक्कामा १२ हजार, हरेक चौका ८ हजार र हरेक रनमा एक हजार रुपैयाँ वाइवाइले प्रदान गर्ने घोषणा गरेको थियो ।

पूर्व घोषणा बमोजिम सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाको २ लाख १६ हजार, छक्काको १ लाख ८ हजार गरी ९ लाख ४४ हजार भएकोमा उक्त रकममा ५६ हजार थप गरी क्यानलाई हस्तान्तरण  गरेको हो।

सो अवारमा क्यान सचिव पारस खड्का, म्यानेजर विनोद दास, खेलाडीहरु सन्दीप लामिछाने, कुशल भुर्तेल, सन्दीप जोरा, ललित राजवंशी, गुल्सन झा, कलमसिंह ऐरी लगायत उपस्थित थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।