काठमाडौं । सानिमा बैंक र पाटन अस्पताल बीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले हस्ताक्षर गरे ।
सम्झौता अनुसार आगामी १ वर्षका लागि सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ ।
बैंकले २०७४ सालदेखि विपन्न महिलाहरूको उपचारका लागि उक्त अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ ।
सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ खोले बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी राहत कोषमा रकम जम्मा गर्दैै आएकोे छ । सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पताल मार्फत विपन्न नारीहरूको उपचारमा सहयोग गर्दै आएको छ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ कार्यालय र १२४ वटा एटीएम संचालनमा रहेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।