add

हिमालयन एभरेष्ट इन्स्योरेन्सले एकैपटक पायो दुई अवार्ड






ActPro Nepal

|

२ साउन, २०८१

|
100

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले एकैपटक दुई अवार्ड पाएको छ ।

कम्पनीले सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा ‘डोमेस्टिक जेनेरल इन्स्योरर-नेपाल’ र ‘स्ट्राटजिक पार्ट्नरशिप अफ द इयर-नेपाल’ अवार्ड पाएको हो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सका डेपुटी जेनेरल म्यानेजर सञ्जय अर्यालले यी अवार्डले कम्पनीलाई अझै उत्कृष्ट सेवाहरू प्रदान गर्न उत्प्रेरित गरेको बताए ।

‘यी अवार्डहरूले हामीलाई नयाँ मापदण्डहरू बनाउन र हाम्रा सेवाग्राहीहरूलाई अझै उत्कृष्ट सेवाहरू प्रदान गर्न प्रेरित गरेको छ । हामीलाई यहाँसम्म आइपुग्न साथ दिनुहुने समस्त सेवाग्रही तथा साझेदारहरूप्रति आभार व्यक्त गर्न चाहन्छौँ,’ उनले भने ।

यी दुवै अन्तर्राष्ट्रिय अवार्डहरूले डिजिटल सेवाहरू र एनसेल, इसेवा र खल्ती जस्ता कम्पनीहरूसँगको साझेदारीमार्फत वित्तीय समावेशीकरणलाई प्रवद्र्घन गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले निर्वाह गरेको मुख्य भूमिकालाई उजागर गरेको छ ।

यी उपलब्धिहरूले बीमा उद्योगमा हिमालयन एभरेष्टको नेतृत्व, नवप्रवर्तन र उत्कृष्टताप्रतिको समर्पणलाई बलियो बनाएको कम्पनीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.