add

‘दिगो विकासका लागि बैंकको लगानी बढ्न आवश्यक’






ActPro Nepal

|

३० असार, २०८१

|
153

काठमाडौं । सरोकारवालाहरूले दिगो विकासका लागि बैंक तथा वित्तीय संस्थाको लगानी महत्त्वपूर्ण हुने भएकाले त्यसतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्।

नबिल बैंक स्थापनाको ४० वर्ष पुगेको अवसरमा आयोजित ‘दिगो विकासमा बैंकिङ क्षेत्रको भूमिका’ शीर्षकको प्यानल छलफलमा उनीहरूले दिगो विकासका लागि ठूलो लगानी आवश्यक भएको र सोहीअनुसार बैंक तथा वित्तीय संस्थाले लगानी केन्द्रित गर्नुपर्ने बताए।

नबिल बैंकका अध्यक्ष डा. उपेन्द्र पौड्यालले दिगो विकासका लागि बैंक तथा वित्तीय संस्थाको लगानी महत्त्वपूर्ण भए पनि लक्ष्य प्राप्तिमा भने सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताए। मुलुकको अर्थतन्त्रमा ८० प्रतिशत निजी क्षेत्रको योगदान र त्यसमा बैंकको ७० प्रतिशतभन्दा बढी योगदान रहेको उल्लेख गरे।

‘मुलुकको अर्थतन्त्र कता लैजाने भन्ने विषय बैंकले कुन क्षेत्रमा लगानी गर्छ भन्नेले पनि अर्थ राख्छ, पछिल्लो समयमा बैंकहरूले जलविद्युत् आयोजनामा लगानी बढाएकाले मुलुकको अर्थतन्त्र सोही दिशामा अघि बढेको छ,’ उनले भने।

वर्ल्ड वाइड फण्ड फर नेचर (डब्ल्युडब्ल्युएफ)का नेपालका प्रतिनिधि डा. घनश्याम गुरुङले हरेक काम आफ्ना लागि हो भन्ने सोचका साथ गर्ने हो भने त्यसले दिगो विकासमा सहयोग पुग्ने धारणा व्यक्त गरे।

‘दिगो विकास वातावरण जोगाउनका लागि होइन, यो त म आफ्नै लागि हो भन्ने सोचले काम गर्नुपर्छ, वातावरण जोगाउन सकेनाँै भने हामीह नै बाँच्न नसक्ने अवस्था आउँछ,’ उनले भने।दिगो विकासका लागि बैंकिङ क्षेत्रको लगानी जलविद्युत्, पर्यटन र कृषि क्षेत्रमा केन्द्रित हुनु आवश्यक रहेको उल्लेख गर्दै उनले वातावरण, सामाजिक र शासन (इएसजी)लाई ध्यानमा राख्नुपर्नेमा जोड दिए।

यस्तै, ह्याबिट्याट फर ह्युमनिटी इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. एलिजा स्थापितले दिगो विकास सबै क्षेत्रसँग अन्तरसम्बन्धित भएकाले कुनै एक क्षेत्रको मात्रै अग्रसरता पर्याप्त नहुने धारणा व्यक्त गरिने। उनले बैंकहरूले पनि आगामी दिनमा घर कर्जा सिमेन्ट प्रयोग हुने घरका लागि मात्रै दिने कि बाँसबाट पनि निर्माण हुने घरलाई दिने हो त्यसमा विचार गर्नुपर्ने समय आएको बताइन्।

सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो हाल विद्युत्को पहुँच ९९ दशमलव नौ प्रतिशत जनसंख्यामा पुगेको उल्लेख गर्दै ग्यासलाई विस्थापित गर्दै विद्युतीय चुल्होको प्रयोग बढाउनुपर्नेमा जोड र्दिए।

‘हुम्लामा खाना पकाउने एलपी ग्यासको मूल्य नै प्रतिसिलिण्डर रु आठ हजारसम्म पर्ने रहेछ, त्यसको साटो स्वदेशी विद्युत्को प्रयोग गर्ने हो भने दिगो विकासमा सहयोग पुग्नुका साथै विदेशी मुद्रा पनि बचत गर्न सकिन्छ,’ उलने भने।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.