add

जाल्पा सामुदायिक र किसान लघुवित्तको एकीकृत कारोबार असार २७ गतेदेखि हुने






ActPro Nepal

|

१२ असार, २०८१

|
148

काठमाडौं । मर्जरमा गएका जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।

यी दुवै संस्थाले मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । आपसमा गाभिएर एउटै बनेको मातृभूमी लघुवित्त केन्द्रीय कार्यालय हाल किसान लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थान लम्किचुहा–४ कैलाली र कर्पोरेट कार्यालय बुढानिलकण्ढ–८ काठमाडौंमा रहने छ ।

यी दुवै संस्थालाई राष्ट्र बैंकले गत जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्नेरगाभिने९मर्जर० कार्यका लागि गत चैत १८ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

एकीकृत कारोबार सुरु गर्दा डेटा माईग्रेशन प्रयोजनका लागि आगामी असार २६ गते एक दिनका लागि दुवै संस्थाबाट प्रदान हुँदै आएको सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने संस्थाले जनाएका छन् ।

दुवै संस्थाको गत चैत ९ गते सम्पन्न बेग्ला–बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । जाल्पा सामूदायिक लघुवित्तले १ सेयर र किसान लघुवित्तले ०.८८३४ सेयर प्राप्त गर्ने अर्थात १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित भएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.