काठमाडौं । सुनको भाउ स्थिर रहेको छ । साताको तेस्रो कारोबार दिन छापावाला सुनको मूल्य १ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन अर्थात् सोमबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ४१ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ८१५ रुपैयाँ कायम भएको छ । सोमबार भने १ हजार ८२० रुपैयाँमा किनबेच भएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।