add

जोस बटलरको तुफानी पारीले अमेरिकामाथि इङ्ग्ल्यान्डको जित






ActPro Nepal

|

११ असार, २०८१

|
589

काठमाडौँ । आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ अन्तर्गतको खेलमा अमेरिकाले लज्जास्पद हार व्यहोरेको छ।

गयराति सम्पन्न खेलमा इङ्ग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै सानदार जित हासिल गरेको हो।

केनसिङ्टोन ओभलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको अमेरिकाले निर्धारित ओभरको ४ बल बाँकी छदै अलआउट भएर ११५ रन मात्रै बनाउन सक्यो। ११६ रनको लक्ष्यसहित मैदान उत्रेको इङ्ग्ल्यान्डले ९.४ ओभर खेल्दै बिना कुनै विकेटको क्षतिमा जित हासिल गर्यो।

इङ्ग्ल्यान्डको जितका लागि कप्तान जोस बटलरले ८३ रन र फिल साल्टको २५ रन नै पर्याप्त भयो।

इङ्ग्ल्यान्डका कप्तान बटलर र ओपनर ब्याट्सम्यान सामु कमजोर बनेको अमेरिकी बलहरूले एक विकेट पनि लिन सकेनन्।

त्यसअघि अमेरिकाका नितिश कुमारले ३० रन बनाउँदा कोरी एन्डरसनले २९ रनको पारी खेले। हरमित सिंह २१ रन बनाएर आउट हुँदा अन्य कुनैपनि खेलाडी इङ्ग्ल्यान्डका बलर समक्ष धेरै बेर टिक्न सकेनन्।

अमेरिकालाई मध्यम रन स्कोरमा समेट्न इङ्ग्ल्यान्डका क्रिस जोर्डनले सर्वाधिक ४ विकेट लिए भने स्याम करन र आदिल राशिदले समान २÷२ विकेट हात पारे। जबकी ऋषि टोपले र लियाम लिभिङ्स्टोनले समान १÷१ विकेट हात पारे।

जितसँगै इङ्ग्ल्यान्डको सेमिफानल यात्रा सहज बनेको छ भने लगातार तीन खेलमा पराजित बनेको अमेरिकाको सेमिफाइनल यात्रा लगभग कठिन बनेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.