add

टी-२० विश्व वरियतामा दीपेन्द्रको छलाङ, अलराउण्डरतर्फ छैटौं स्थानमा उक्लिए






ActPro Nepal

|

७ असार, २०८१

|
300

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले टी–२० क्रिकेटको नयाँ वरीयता सार्वजनिक गरेको छ ।

आइसीसीले बुधबार खेलाडीहरूको नयाँ वरियता सार्वजनिक गरेको हो । अलराउण्डरतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले नयाँ कीर्तिमान रचेका छन् ।

दीपेन्द्र आइसीसीको अलराउण्डतर्फको वरियतामा छैटौं स्थानमा आइपुगेका छन् । यो हालसम्म कुनै पनि नेपाली खेलाडीले पाएको सबैभन्दा माथिल्लो वरियता हो ।

नेपालबाट अलराउन्डरतर्फ कप्तान रोहित पौडेल पनि ११ स्थान सुधार गरी ५५ औं स्थानमा आएका छन् । कुशल भुर्तेलले सबैभन्दा ठूलो छलाङ मार्दै पहिलोपटक टप १०० भित्र परेका छन् । उनले वरियतामा ४३ औं स्थानको फड्को मार्दै ७० औँ स्थानमा आएका छन् ।

कुशल मल्ल १ स्थान खस्किएर ३६ औँ, करण केसी ६ स्थान खस्किएर ७५ औँ र गुल्सन झा पनि ६ स्थान खस्किएर ६८ औँ स्थानमा झरेका छन् ।

नयाँ विश्व वरियतामा अस्ट्रेलियाका मार्कस स्टोनियस शीर्ष स्थानमा उक्लिएका छन् । त्यसैगरी, श्रीलंकाका वानिन्दु हसरंगा, बंगलादेशका सकिब अल हसन, अफगानिस्तानका मोहम्मद नाबी र जिम्बावेका सिकन्दर राजा क्रमशः शीर्ष पाँचमा रहेका छन् ।

यस्तै, भारतका हार्दिक पांड्या, इंग्ल्यान्डका लियम लिंग्वेस्टन, मोइन अली र दक्षिण अफ्रिकाका आइडेन मार्कराम क्रमशः सातौंदेखि दशौं स्थानमा रहेका छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.