काठमाडौं । हिमालयन बैंकले फरदर पब्लिक अफरङि (एफपीओ) जारी गर्ने भएको छ । बैंकले संस्थापक र सर्वसाधरणको सेयर अनुपात मिलाउन एफपीओ निष्कासन गर्ने भएको हो ।
बैंकले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्तलाई नियुक्ति गरेको छ ।
उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा र सिटिजन्सका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।
यस सम्झौतासँगै हिमालयन बैंकको एफपीओ निष्कासन सम्बन्धी सबै काम सिटिजन्स क्यापिटलले गर्नेछ ।
बैंकले यसअघि गत पुसमा सम्पन्न ३१ औं वार्षिक साधरण सभाबाट एफपीओ सम्बन्धी प्रस्ताव पारित गरिसकेको छ ।
गत वर्ष सिभिल बैंकलाई गाभेर एकीकृत कारोबार थालेको हिमालयनले आफ्नो कुल सेयर पूँजीमा आवश्यक सर्वसाधारण सेयरधनीको सेयर अनुपात मिलाउन एफपीओ निष्कासन गर्ने भएको हो । बैंकले एफपीओको संख्या र प्रिमियम रकम भने खुलाएको छैन ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।